२० असार २०८३, शनिबार

ट्रम्पलाई अप्ठ्यारो पार्ने कुनै पनि सामग्री मसँग छैन : पुटिन

कात्तिक २०, २०७४
ट्रम्पलाई अप्ठ्यारो पार्ने कुनै पनि सामग्री मसँग छैन : पुटिन

काठमाडौं, २२ जेठ — रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूसँग अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध कुनै सामग्री भएको अस्वीकार गरेका छन् ।


‘यो वाहियात कुरा हो,’ पुटिनले एनबीसी न्युजको सन्डे नाइट विथ मेगिन केलीमा कुरा गर्दै भने । उनलाई ट्रम्पका विषयमा कुनै खतरनाक जानकारी भए नभएको बारेमा सोधिएको थियो ।

रुस र ट्रम्पको सम्बन्धका विषयमा अमेरिकामा विवाद चलिरहँदा मस्कोले यस्तो कुनै सम्बन्ध नरहेको बताउँदै आएको सिलसिलाको यो पछिल्लो भनाइ हो ।

यो हप्ता एफबीआईका पूर्वनिर्देशक जेम्स कोमीले बयान दिँदैछन् । उनले आफूलाई ट्रम्पले रुससँगको सम्बन्धका बारेमा भएको अनुसन्धान रोक्न लगाएको नलगाएको बारेमा बताउनेछन् ।

पुटिनले ट्रम्पसँग आफ्नो कुनै सम्बन्ध नभएको र उनलाई कहिल्यै नभेटेको एनबीसीलाई बताए । त्यसो त ट्रम्प व्यापारीका रूपमा कैयौंचोटि रुस पुगेका छन् । अमेरिकाका सयवटा कम्पनीका प्रमुख रुसमा रहेको पुटिनले बताए ।

‘हामी ती सबै प्रमुखहरूको बारेमा अप्ठ्यारो पार्ने जानकारी बटुलिरहेका छौं त ? तपाईंको दिमाग त ठीक छ नि ?’ पुटिनले भने ।

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्