०४ असार २०८३, बिहीबार

महाकाली नदीमा जल सतह खतरा नजिक, भोलि बिहानसम्म सतर्कता अपनाउन आग्रह

महाकाली नदीमा जल सतह खतरा नजिक, भोलि बिहानसम्म सतर्कता अपनाउन आग्रह

महाकाली नदीमा जल सतह खतराको तह नजिक पुगेको छ ।

महाकाली नदीको डडेल्धुरा जिल्लाको परिगाउँ जल मापन केन्द्रमा शनिवार बिहान सतर्कता तहमा रहेको जल सतह बढेर खतराको तह नजिक पुगेको हो ।

बाढी पूर्वानुमान महाशाखाले शनिवार साँझ साढे ५ बजे जारी गरेको सूचना अनुसार महाकाली नदी जलाधार क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान समेत छ ।

महाशाखाको सूचनामा उल्लेख छ, ‘महाकाली नदी पारिगाँउ जल मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरी खतरा तह नजिक पुगेको र महाकाली नदी जलाधारमा थप वर्षा हुने पूर्वानुमान भएकाले महाकाली नदी तल्लो तटीय क्षेत्रका डुबान भइरहने होचा स्थानमा हुनेहरूले भोलि बिहानसम्मै सतर्कता अपनाऔं ।’

महाकाली नदीको दार्चुला जिल्लामा समेत जल सतह खतरा नजिक पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्