१२ साउन २०८३, मंगलबार

संविधानको रक्षा गर्ने दायित्व आएको छ : मुख्यमन्त्री पोखरेल

संविधानको रक्षा गर्ने दायित्व आएको छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको रक्षा गर्ने दायित्व नेपाली काँग्रेसमा आएको बताएका छन् ।

प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा आज भर्चुअलरुपमा आयोजित ‘संविधानको रक्षा आजको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले  काँग्रेस नेतृत्वको सरकारका समयमा जारी नेपालको लोकतान्त्रिक संविधानको रक्षार्थ काँग्रेस सधैं चिन्तित रहेको बताए ।

 समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसी, उपाध्यक्ष कुलचन्द्र वाग्ले, सचिव प्राडा वासुदेव भण्डारी जिल्ला अध्यक्ष प्राडा गिरिधारी शर्मालगायतले संविधानमाथि संकट आएका अवस्थामा प्रजातन्त्रवादी शक्ति एकजुट भएर यसको रक्षार्थ लाग्नुपर्ने आवश्यकता औल्याए ।

salt training

कमेन्ट गर्नुहोस्