
काठमाडौं, २२ जेठ - बाहुबलीका नायक प्रभासलाई मन पराउने केटीहरुको लागि दुखको खबर छ, उनले निकट भविश्यमै विवाह गर्दै छन् । सयौं भारतीय युवतीहरुद्वारा पछ्याइएका उनले विहे गर्ने भएका हुन् ।
एजेन्सीहरुका अनुसार रासी सिमेन्टका मालिक भूपति राजाकी नातिनीसँग उनको विवाह हुँदै छ । प्रभास र भूपतिको परिवार यो विवाहका लागि तयार भएका छन् । प्रभासपनि विवाहको लागि राजि भएका छन् । उनी विवाहका लागि निकै उत्साहित भएको खबर समाचारहरुमा छापिएको छ ।
हाल सम्म ६ हजार केटीको विवाह प्रस्ताव अस्वीकार गरेका उनी राजाकी नातीनीसँग विवाहका लागि तयार भएका हुन् । बाहुवली २ की अभिनेत्री अनुष्का सेट्टीसँग उनी प्रेममा रहेका चर्चाहरु चलेका थिए । अब उनी अनुष्कालाई छोडेर सिमेन्ट मालिककी नातीनीसँग विवाह गर्न थालेका हुन् ।
यो खबरसँगै अनुष्का पनि बडा तनाबमा छिन् । उनले चाहिँ मुखै खोलेर केही पनि भनेकी छैनन् ।
प्रभास र उनको परिवारले पनि विवाहको बारेमा कुनै पनि आधिकारिक कुरा खोलेका छैनन् । उनी बाहुवलीमा पाँच बर्ष देखि काम गरिरहेका छन् । अहिले चाहिँ उनी विदा लिएर रमाइलो गर्न अमेरिकातिर छन् । उनी केही दिनमै भारत फर्कने छन् । त्यसपछि विहेको अन्तिम टुंगो लाग्ने बताइएको छ ।