३० असार २०८३, मंगलबार

चीनका गुप्तचर अधिकारी दोङ भागे अमेरिकातिर, वुहान प्रयोगाशालाको तथ्य खुलासा गरेको दाबी

असार ६, २०७८
चीनका गुप्तचर अधिकारी दोङ भागे अमेरिकातिर, वुहान प्रयोगाशालाको तथ्य खुलासा गरेको दाबी

चीनका एक शीर्ष गुप्तचर अधिकारी आफ्नी छोरीका साथ अमेरिकातर्फ भागेको पश्चिमी सञ्चारमाध्यमहरूले खबर दिएका छन् । 

उनले कोभिड र वुहान प्रयोगशालाको रहस्योद्घाटन गरिसकेको बताइएको छ । 

दोङ जिङ्वे नामक गरेका ती गुप्तचर अधिकारी पहिला हङकङ अनि त्यसपछि अमेरिकातर्फ उडेको र छोरी दोङ याङलाई पनि सँगै लगेको बताइएको छ ।

उनले वुहानको प्रयोगशालाबाट भाइरस चुहिएको भन्ने विषयमा प्रमाण पेश गरेपछि अमेरिकाका राष्ट्रपति जो बाइडनले त्यस विषयमा थप अनुसन्धान गर्न अमेरिकाका गुप्तचर निकायलाई निर्देशन दिएको बताइएको छ । 

प्रयोगशालाबाट भाइरस चुहिएको कुरालाई षड्यन्त्र सिद्धान्त भनी धेरैले उडाएका थिए । डोनल्ड ट्रम्प प्रशासनले आफ्नो अक्षमता लुकाउनका लागि यसलाई अगाडि सारेको भनिएको थियो । 

तर दोङ गत फेब्रुअरी १० मा छोरीसँग अमेरिकातर्फ भागेको र प्रमाण पेश गरेको स्पाई टक नामक पत्रिकाले खबर दिएको छ । 

उनी चीनको गुप्तचर निकाय मिनिस्ट्री अफ स्टेट सेक्युरिटीको प्रतिगुप्तचरी इकाइका प्रमुख थिए । 

उनी भागेको खबर साँचो हो भने चीनबाट भाग्नेमध्ये उनी सबभन्दा ठूला अधिकारी हुन् । 

उनको पलायनलाई चीनले अलास्कामा अमेरिकासँग गरेको शीर्ष तहको वार्ताका क्रममा उठाइएको बताइएको छ । 

उनी भागेको कुरा चीनबाट पुष्टि गराउन लगभग असम्भव छ ।

salt training

कमेन्ट गर्नुहोस्