१० असार २०८३, बुधबार

चीनले कार्टून बनाएर उडायो जी७ लाई, पशुसँग अन्य मुलुकको तुलना

असार ६, २०७८
चीनले कार्टून बनाएर उडायो जी७ लाई, पशुसँग अन्य मुलुकको तुलना

चीनका एक कार्टूनिस्टले जी६ मुलुकका सदस्यहरू चीनलाई दमन गर्न खोजेको भन्दै मजाक उडाउने कार्टून प्रकाशन गरेका छन् । 

द लास्ट जी७ शीर्षकको कार्टून बानतोनलाओआताङ नामक कलाकारले सिना वीबोमा गत साता आइतवार राखेका थिए । जिसस क्राइस्टको मृत्यु हुनुअघिको भोज द लास्ट सपरमा यो चित्र आधारित छ । 

जी७ शिखर सम्मेलनमार्फत अमेरिकाले चीनविरुद्ध साझेदारहरू जुटाउन खोजेको धेरैले अर्थ लगाएका थिए । जी७ असान्दर्भिक रहेको भन्ने अर्थमा कार्टूनिस्टले यसलाई द लास्ट जी७ नाम दिएका हुन् । 

चित्रमा विभिन्न नौ जनावर देखाइएका छन् । ती जनावरले टेबलमा रहेको चिनियाँ नक्साको केकलाई हेरिरहेको देखिन्छ । चित्रमा यस्ता शब्द राखिएका छन् : यसमार्फत हामी अझै पनि विश्वमा शासन चलाउन सक्छौं ।
प्रत्येक जनावरका विभिन्न भावभंगिमा देखिन्छन् । 

अमेरिकालाई प्रतिनिधित्व गर्ने चील बीचमा जिसस जस्तो गरी बसेको देखिन्छ जसलाई भोजको आयोजक देखाइएको छ । चीलको अगाडि नोट छाप्ने यन्त्र देखिन्छ र डलर पनि देखिन्छ । यन्त्रले ट्वाइलेट पेपरलाई डलरका रूपमा छापेको र डलरमा राखिएको संख्या दुई खर्बबाट ८ खर्बसम्म पुगेको देखिन्छ । 

चीलको चित्रले आक्रामक तथा कमजोर अमेरिका ऋण संकट तथा जातीय द्वन्द्वमा फसेको देखाएको छ । 

त्यससँगै खैरो ब्वाँसो छ जुन इटली हो । ब्वाँसोसँगै अकिता कुकुर छ जुन जापानको प्रतीक हो । त्यसले हरियो रेडियोधर्मी पानी अन्य पशुको गिलासमा राखेको देखिन्छ । फुकुशिमा आणविक भट्टीबाट प्रशान्त महासागरमा प्रदूषित पानी फ्याँक्न खोजेको संकेत दिएको छ । 

कुकुरसँगै कंगारू देखिन्छ जसले अमेरिकामा छापिएको डलरका लागि हात पसारिरहेको देखिन्छ । 

देब्रे कुनामा कालो चील छ जुन जर्मनीको प्रतीक हो । त्यस्तै कुखुरोमार्फत प्रतिनिधित्व हुने फ्रान्स चुपचाप बसेको देखिन्छ ।

दाहिनेतर्फ सिंह अर्थात् बेलायत र न्युट्रिया नामक मुुसो जस्तो प्रजातिमार्फत क्यानडालाई प्रतिनिधित्व गरिएको छ । 

हात्तीको चित्र पनि देखिन्छ र त्यो ड्रिप लगाएको रोगी जस्तो देखिन्छ ।
 

टेबलमुनि भ्यागुतोले डलर लिइरहेको देखिन्छ अनि टेबलमा ठोक्किनलाई उफ्रेको देखिन्छ । भ्यागुतोले ताइवानलाई प्रतिनिधित्व गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्