०४ असार २०८३, बिहीबार

भिरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु

असार ६, २०७८
भिरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु

बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा आज कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए।

हिमाली गाउँपालिकाका–४ रुगिन घर भएका भण्डारीको घटनास्थलमै मृत्यु भएको उनले बताए। मृतक भण्डारीको टाउकामा ढुङ्गा लागेपछि  घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्