१७ असार २०८३, बुधबार

४० हजार घुस रकम सहित सव डिभिजन वन कार्यालय धादिङका प्रमुख अख्तियारको नियन्त्रणमा

४० हजार घुस रकम सहित सव डिभिजन वन कार्यालय धादिङका प्रमुख अख्तियारको नियन्त्रणमा

४० हजार घुस रकम सहित सब डिभिजन वन कार्यालयका कार्यालय प्रमुख अख्तियार दुरुपयोग आयोगको नियन्त्रणमा परेका छन् ।

अख्तियारले निलकन्ठ सव डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत आठौँ तह (कार्यालय प्रमुख) कृष्ण प्रसाद पौडेललाई घुस रकम सहित नियन्त्रणमा लिएको हो । 

सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने हो भने ४० हजार रुपैयाँ दिनुपर्छ भनी घुस/रिसवत माग गरेको पाइएको अख्तियारले जनाएको छ । 

अख्तियारले भनेको छ,'उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज कृष्ण प्रसाद पौडेललाई सेवाग्राहीबाट रु. ४०,०००।– (चालीस हजार रुपैयाँ) घुस/रिसवत लिएको अवस्थामा निजलाई उक्त रकमसहित निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।'

salt training

कमेन्ट गर्नुहोस्