०७ असार २०८३, आइतबार

वातावरण दिवसको अवसर पारेर बुढानिलकण्ठका स्थानीय जुटे सरसफाइमा

कात्तिक २०, २०७४
वातावरण दिवसको अवसर पारेर बुढानिलकण्ठका स्थानीय जुटे सरसफाइमा

काठमाडौं, २२ जेठ– विश्व वातावरण दिवसको उपलक्ष्यमा बुढानिलकण्ठमा रहेको विभिन्न खोलानाला, मन्दिरमा सरसफाइ गरिएको छ ।

स्थानीय युवाहरुले रुद्रमती, धोवी खोला, रुद्रेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ गरेका छन् । सरसफाइ कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका नवनिर्वाचित मेयर उद्धव खरेलले सकारात्म सोचका साथ बुढानिलकण्ठ नगरपालिकालाई हरियाली नगरपालिका बनाउने बताए ।

वडा नम्बर दुईका वडा अध्यक्ष राजेन्द्र खड्काले वडालाई वातावरणमैत्री बनाउँदै नमुना वडा बनाउने दाबी गरे ।
कार्यक्रममा स्थानीय युवा, समाजसेवी, राजनीतिज्ञ, पेसागत कर्मचारी, आमा समूह, स्थनीय क्लबहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिले स्थानीय स्तरको विकास निर्माणमा स्थानीय निकाय र स्थानीय जनताको सहभागीताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनीहरुले सामाजिक कामका लागि यस्ता कार्यक्रममाले थप उर्जा दिने उनीहरुको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्