![काठमाडौंको निषेधाज्ञामा पर्सिदेखि के गर्न पाइन्छ ? के गर्न पाइन्न ? [आदेशको पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/kathmandu_CmTMIO8YSA.jpg)
कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बाइएको छ ।
आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । निषेधाज्ञा केही खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले लोकान्तरलाई जानकारी दिए ।
थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ ।
उनका अनुसार, काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गरिने भएको छ ।
यस्तै बार अनुसार पसल सञ्चालन गर्न दिने समेत निर्णय भएको छ । 'जसअनुसार आइतवार, मंगलवार र बिहीवार एउटा क्याटागोरी र सोमबार, बुधवार र शुक्रवार अर्को क्याटागोरीमा पसल सञ्चालन गर्न दिने निर्णय भएको छ,' उनले भने ।



