०४ असार २०८३, बिहीबार

प्रचण्डले गरेको कारबाहीलाई आयोगले मान्यता नदिएपछि भर्चुअल केन्द्रीय कमिटी बैठकबाट पार्टी छाडेका जनप्रतिनिधिलाई कारबाही

प्रचण्डले गरेको कारबाहीलाई आयोगले मान्यता नदिएपछि भर्चुअल केन्द्रीय कमिटी बैठकबाट पार्टी छाडेका जनप्रतिनिधिलाई कारबाही

नेकपा माओवादी केन्द्रले पार्टीको चुनाव चिन्हबाट निर्वाचित भएर अहिले नेकपा एमालेका प्रवेश गरेका जनप्रतिनिधिलाई कार्वाही गरेको छ ।

सोमवार बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको भर्चुअल बैठकले पार्टी छाडेका पदाधिकारी माथि कार्वाही गरेको हो । 

रौतहटका दुईजना मेयरसहित अन्य पार्टीमा लागेका स्थानीय तहका पदाधिकारीलाई कार्वाही गरिएको केन्द्रीय सदस्य रामकुमार शर्माले लोकान्तरलाई जानकारी दिए । यसअघि केन्द्रीय समितिले दिएको अधिकार प्रयोग गर्दै प्रचण्डले उनीहरुमाथि कार्वाही गरेका थिए । 

प्रचण्डले गरेको कारवाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि केन्द्रीय कमिटीको बैठक राखिएको हो । रौतहटका प्रतिनिधि सभा सदस्य प्रभु साह एमाले प्रवेश गरेपछि उनकी पत्नी रिना कुमारी साह लगायत जनप्रतिनिधि एमालेमा सामेल भएका थिए । 

केन्द्रीय कमिटी बैठकको निर्णय लिएर माओवादी केन्द्र निर्वाचन आयोगमा जाने भएको छ । शर्मामा अनुसार २ मेयर, केही वडाअध्यक्ष सहित १७ जना पदाधिकारीले माओवादी छाडेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्