फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
असार ७, २०७८
शुक्रवार दिउँसो मेलम्ची नगरपालिका–११ बसपार्कनजिकै रहेको निलो घर हेर्दै कहिले यता, कहिले उता गर्दै थिए, सोनामबहादुर तामाङ ।
कुनै बेला खिस्स हाँस्दै साथीभाइसँग कुराकानी गरेर मन बुझाइ रहेका थिए, त कहिले मलिन अनुहार लिएर घरनजिकै पुग्थे ।
तल हेर्दा उही धमिलो बाढी आफ्नै रफ्तारमा बगिरहेको थियो । के गर्ने, के नगर्ने उनले केही सोच्नै नसकेको भान हुन्थ्यो । अर्धबेहोशी जस्तै थिए ।
बाँच्नलाई खानाको भाग त बस्थे तर घाँटीबाट तल जाँदैनथ्यो । जाओस् पनि कसरी, जिन्दगी भरको कमाई एक लप्को बाढीले उडाइदिएको थियो ।
‘बिहान खान बसेँ बाँच्न त पर्यो भनेर, तर घाँटीबाट तल गए पो ! सम्झिएर झस्काउँछ सर,’ सोनामले लोकान्तरसँग भने, ‘बिहान पानी नभएर १० वटा मिनलर वाटर किनेर साथीको ग्यास मागेर भएका थियौं ।’
बाढी आएको ३ दिनसम्म त खल्तीमा भएको पैसाले खाना खाए तर अब कसरी खाने उनीसँग कुनै उपाए छैन् ।
‘बिहानसम्म त ५ सय थियो, अब त यी खल्ती रित्तै छ,’ गोजी देखाउँदै उनले भने, ‘माथितिर राहत आएको छरे कता हो कुन्नि, हामीलाई देख्दैनन् ।’
४२ वर्ष अगाडि श्रीमतीलाई ससुरालीले दिएको गहना बेचेर घरनजिकै ग्रिल उद्योग खोलेका थिए । त्यो उद्योगको त अहिले नामोनिशान छैन ।
‘त्यो बेलामा श्रीमतीको सुनको गहना बेचेर ग्रिल पसल खोलेँ । घर बनाउन ४२ वर्ष लाग्यो, अहिले त्यै घर ५ मिनेटमा सखाप बनायो बाढीले,’ सोनामले दुखेसो पोख्दै भने, ‘सम्झिँदा पनि पागलै हुन्छु जस्तो छ, छोरा मान्छे हो सहनै पर्ने ।’
उनले ग्रिल उद्योगमा २० जनालाई रोजगारी दिएका थिए । २० परिवारको पेट पालेका थिए, तर अहिले आफैँ आफ्नो पेट कसरी पाल्ने भन्ने चिन्तामा छन् ।
ग्रिल उद्योगमा ५ वटा मेसिन थिए । २ वटा गाडी थिए । २ वटा मेसिन र एउटा त बचाउन सफल भए, तर अरू सबै बाढीले बगायो ।
‘उद्योगमा २ करोडभन्दा धेरै लगानी पुर्याएको थिएँ, साढे १ करोड हालेर घर बनाएको थिएँ । सबै खोलाले बगायो अब त आफूले लगाएको कट्टु र गञ्जी मात्रै बाँकी रह्यो,’ सोनामले आफ्नो शरीरको कपडा देखाउँदै भने, ‘अब आफ्नै पेट पाल्न समस्या छ ।’
बाढी आउँदाको बेलुका घरमा खाना खाँदै थिए । हेलम्बुमा पहिरो गएको भन्ने सूचना पाए । खाना खाएर बाहिर निस्किएर २ मात्र मशिन सुरक्षित ठाउँ सार्दा बाढी आइहाल्यो । आँखै अगाडि बाढी पस्यो । सबै बगाएर लग्यो ।
अहिले उनीहरूको परिवार मेलम्चीभन्दा केही पर वैशाखदेखिको भाडा तिर्ने गरी कोठा खोजिरहेका छन् । तर सबै बगाएको मान्छेलाई कोठा दिन्छन् कि दिँदैनन् भन्ने चिन्ता रहेको सोनामले लोकान्तरलाई बताए ।
‘छोराछोरी त राख्न पर्यो, के गर्नु, कोठा पनि देलान् कि नदेलान् ?,’ सोनामले भने ।
सोनामका साथी दीपेश गहतराज पनि उनीसँगै थिए ।
सटरअगाडि पुर्पुरोमा हात लगाएर सटर हेरिरहेका थिए । बाढीले तल्लो तलामा रहेको उनको सुन पसल पुरै बगाएर लगेको थियो ।
खाना खान गएको समयमा बाढी आएको सूचना पाएसँगै पसलमा दौडिएर आए । केही सुन बचाउन त सके तर २०/२५ तोला सुन भने बाढीले बगाएर लग्यो ।
सोनामसँगै व्यापार थालेका दीपेशले साहुको ऋणमा तीज र विवाहको समय भएकाले सुनका थपेका थिए, बाढीले बगाइदियो ।
‘विवाहको समय छ, तीज आउन थाल्यो भनेर सुन हालेको थिएँ । २५ तोला जति त बगाएर लग्यो,’ दीपेशले लोकान्तरसँग भने, ‘२० हजार घाटा जाँदा त उकास्न धौधौ हुन्थ्यो २५/२७ लाख गयो, अब उकास्ने कसरी ?’
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...