१२ असार २०८३, शुक्रबार

कोरोनाको डेल्टा भेरियन्टको नयाँ म्युटेसन नेपालमा भेटिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

कोरोनाको डेल्टा भेरियन्टको नयाँ म्युटेसन नेपालमा भेटिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

नेपालमा कोरोनाभाइरस (कोभिड - १९) को डेल्टा भेरियन्टको नयाँ म्युटेसन पनि फेला परेको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।

विश्व स्वास्थ्य संगठनले नेपालमा फैलिएको कोरोनाको भेरियन्टलाई डेल्टा नामकरण गरेको थियो ।

त्यसको नयाँ म्युटेसन नेपालमा फेला परेको र त्यसलाई एवाई.१ नाम दिइएको मन्त्रालयले जनाएको छ ।

नेपालसहित १० देशमा भेटिएको यो भेरियन्ट अझ बढी संक्रामक रहेको बताइएको छ ।

नेपालमा अल्फा, डेल्टा र कप्पा भेरियन्ट भेटिएको छ ।

हेर्नुहोस्, विज्ञप्ति :
 

salt training

कमेन्ट गर्नुहोस्