
नेकपा माओवादी केन्द्रले पार्टी फेरबदल गरेका १४ जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ।
सोमवार बिहान बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार आयोगलाई जानकारी गराइएको एक केन्द्रीय कमिटीका नेताले जानकारी दिए ।
माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई अख्तियारी दिए अनुसार कारबाही गरेको जानकारी यसअघि नै पठाएको थियो।
तर, आयोगले केन्द्रीय कमिटीको निर्णय नभई कारबाहीको सूचना प्रकाशन नगर्ने बताएपछि आज केन्द्रीय कमिटी बसेर निर्णय अनुमोदन गरेको हो।