×

NMB BANK
NIC ASIA

कांग्रेस महाधिवेशन : मतदाता टुङ्गो नलाग्दै नेतृत्वको सक्रियता

असार ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको विवाद व्यवस्थापन नहुँदै प्रतिस्पर्धाको आन्तरिक गृहकार्यमा तीव्रता आउन थालेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि सभापति बन्न आफू निकटका केन्द्रीय सदस्यसँग पहिलो चरणको छलफल पूरा गरेसँगै अरू नेताहरूबीच परामर्शले गति लिएको छ । मतदाता तयार नहुँदै थालिएको गृहकार्यले असहज परिस्थिति निम्तने खतरासमेत रहेको कतिपयको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूलाई ‘वेटिङ’ सभापतिका रूपमा दाबी गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनलाई लक्षित गरी अनौपचारिक छलफल अगाडि बढाएका छन् ।


Advertisment
Nabil box
Kumari

त्यसै क्रममा पार्टीका संस्थापक बीपी कोइरालाका सुपुत्र शशाङ्क कोइराला, सर्वोच्च नेता गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंह र गान्धीवादी नेता महेन्द्रनारायण निधिका सुपुत्र विमलेन्द्र निधि सोमबार एक ठाउँ बसेर खानपान गरेपछि महाधिवेशनको तरङ्गले नयाँ रूप लिएको छ ।

Vianet communication
Laxmi Bank

सभापति देउवाकै अग्रसरता
कोरोना महामारीले पछाडि धकेलिँदै आउँदो भदौ १६–१९ मा पार्टीको १४औँ महाधिवेशन हुँदै छ । यो संशोधित कार्यतालिका भर्खरै पार्टी केन्द्रीय कार्यसमितिले तय गरेको हो ।

महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक भएलगत्तै सभापति देउवाले आफूलाई अर्को कार्यकालका लागि पनि सभापति बन्न सहयोग गर्न केन्द्रीय सदस्यलाई आग्रह गरिरहेका छन् । यस क्रममा सोमबार देउवाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरे ।

सभापति देउवाले आफू सभापतिमा दोहोरिन चाहेको भन्दै सहयोगका लागि आग्रह गरेको केन्द्रीय सदस्य वीरबहादुर बलायरले जानकारी दिए । त्यस छलफलमा उपसभापति विमलेन्द्र निधिले सभापतिमा लड्न चाहेको विषयमा केन्द्रीय सदस्यले सभापति देउवासँग जिज्ञासा राखेका थिए ।

जवाफमा देउवाले निधिले उठ्न चाहेको भन्दै रोक्न नसक्ने जवाफ दिनुभएको बलायरले जानकारी दिए । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका आफू निकट केन्द्रीय सदस्यसँग छलफल गरिसक्नुभएका सभापति देउवाले अब पार्टीका पूर्वपदाधिकारी, पदाधिकारीलगायतसँग उम्मेदवारीका विषयमा परामर्श गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

‘वेटिङ सभापति’को सक्रियता
पार्टीको १३औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाका मुख्य प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी नेतृत्वमा आउन आफ्नो सक्रियता बढाएका छन् ।

हाल गृहजिल्ला तनहुँमा रहेका नेता पौडेलले आफूलाई ‘वेटिङ सभापति’का रूपमा प्रस्तुत गरेर महाधिवेशनको तयारीमा जुट्ने उनी निकट काँग्रेसका नेता तथा काभ्रेका जिल्ला सभापति मधु आचार्यले जानकारी दिए ।

पौडेल गत महाधिवेशनमा देउवासँग दोस्रो चरणको निर्वाचनबाट पराजित भएका थिए । पहिलो चरणको निर्वाचनमा देउवा, पौडेल र नेता कृष्णप्रसाद सिटौलामध्ये कसैले पनि ५१ प्रतिशत मत नपाएपछि बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा निर्वाचन गरिएको थियो ।

पौडेलले औपचारिक रूपमा उम्मेदवारी घोषणा नगरे पनि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधिलगायतसँग निरन्तर छलफल गरिरहेको जानकारी नेता आचार्यले दिए।

तीन नेताको ‘लन्च मिटिङ’
सोमबार नै पार्टीका तीन नेताबीच लन्च मिटिङ सम्पन्न भएको छ । सभापतिमा उम्मेदवारीको दाबी गर्नुभएका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशाङ्क कोइराला र पूर्वउपसभापति प्रकाशमान सिंहबीच निधि निवासमा भेटघाट भएको हो ।

त्यस भेटमा पार्टीको आसन्न महाधिवेशन तयारी तथा उम्मेदवारीका विषयमा छलफल भएको उपसभापति निधिको सचिवालयले जनाएको छ । महाधिवेशनमा आफ्नो दाबीका विषयमा हालसम्म महामन्त्री डा. कोइराला र नेता सिंहले कुनै घोषणा गरेका छैनन् । निधिले भने सभापतिको उम्मेदवारी घोषणा नै गरिसकेका छन्।

सदस्यता छानबिन अन्तिम चरणमा
नेताहरूलाई आफ्नो नेतृत्वको हतारो लागे पनि महाधिवेशनका लागि कामको पहाडै बाँकी छ । पार्टीमा क्रियाशील सदस्यता विवादको किनारा लगाउन आफूहरू दिनरात जुटेको सदस्यता छानबिन समितिका सदस्य एवं केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए। समितिले आफ्नो जिम्मेवारी पूरा गरेर छिट्टै सभापति देउवालाई अन्तिम प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

काँग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौँमा गर्ने निर्णय पार्टीले गरिसकेको छ । पार्टी विधान र संवैधानिक हिसाबले पनि काँग्रेसको १४औँ महाधिवेशन आगामी भदौभित्र सम्पन्न गर्नुपर्ने बाध्यता छ । शेषकान्त पण्डितले गोरखापत्र दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x