
पाल्पा १३ पुस–पाल्पामा शताब्दी पुरानो एउटा कराहीलाई तानसेनस्थित पाल्पा दरबार संग्रहालयमा राखिएको छ ।
नेपाल अंग्रेज युद्धताका नेपाली सैनिकलाई बलियो बनाउन घिउ तताएर खुवाउने कराही रुपन्देहीको जीतगढीबाट बुधवार पाल्पा दरबाार संग्रहालय लगेर राखिएको हो ।
विसं १८७१ मा नेपाल –अंग्रेजयुद्धका बेला उजिरसिंह थापाको नेतृत्वमा रहेको पाल्पाली सेनाले अंग्रेज फौजलाई पराजित गरेको थियो ।
सोही समयमा नेपाली सेनालाई बलियो बनाउन घिउ तताएर खुवाउन प्रयोग गरिएको विश्वासका आधारमा सो कराहीलाई पाल्पा दरबार संग्रहालयमा राखिएको हो । फोटोः पत्रकार भगवान भण्डारीको फेसवुक