१२ असार २०८३, शुक्रबार

छिमेकी राष्ट्रको कदमले के हुन्छ कतारमा ? धेरैको आँखा विश्वकपमा

कात्तिक २०, २०७४
छिमेकी राष्ट्रको कदमले के हुन्छ कतारमा ? धेरैको आँखा विश्वकपमा

काठमाडौँ, २३ जेठ- कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । अरबी क्षेत्रमा अस्थिरता ल्याएको र इस्लामिक स्टेट, अलकायदा र मुस्लिम ब्रदरहुडलाई सहयोग गरेको भन्दै उनीहरू कतारसँग क्रूद्ध बनेका हुन् ।map-01-thumb1

सन् २०२२ मा विश्वकप फुटबलको आयोजना गर्न लागेको कतारलाई छिमेकी राष्ट्रको योे कदमले ठूलो क्षति पुग्नेछ । कतारले विश्वकप आयोजना गर्न नसक्ने भन्दै पश्चिमा मुलुकले अविश्वास गर्दै आएका थिए । विश्वकपका लागि उपयुक्त वातावरण कतारमा नरहेको पनि उनीहरूले उल्लेख गर्ने गरेका छन्, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्