०४ असार २०८३, बिहीबार

अरु दलले उम्मेदवारको टुंगो लगाए, कांग्रेसमा आन्तरिक विवाद

कात्तिक २०, २०७४
अरु दलले उम्मेदवारको टुंगो लगाए, कांग्रेसमा आन्तरिक विवाद


नवलपरासी, २३ जेठ– दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने प्रदेश नं ५ मा पर्ने नवलपरासीका सातवटा स्थानीय तहका लागि नेपाली काँग्रेसबाहेक सबै राजनीतिक दलले उम्मेदवारको टुङ्गो लगाएका छन् ।

विशेष गरी यी स्थानीय तहमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपासहित ससाना दलले उम्मेदवार टुङ्गो लगाएका छन् । यद्यपि काँग्रेसलाई भने उम्मेदवार टुङ्गो लगाउन हम्मेहम्मे परेको छ ।

संविधान संशोधन भएमा निर्वाचनमा भाग लिने पक्षमा रहेका मधेस केन्द्रीत दलहरु पनि आन्तरिकरुपमा सम्भावित उम्मेदवार चयन गर्न लागिपरेको अवस्था छ ।

यता निर्वाचनमा भाग लिए मधेसकेन्द्रीत दल एक भएर निर्वाचनमा उम्मेदवारी दिने अन्तिम कसरतमा छन् । मधेसकेन्द्रीत दल बाह्यरुपमा उम्मेदवारको नाम सार्वजनिक नगरे पनि निर्वाचनमा सहभागी बने एकभएर अघि बढ्ने तयारीमा छन् ।

नवलपरासीको कुल स्थानीय तहको सङ्ख्या १५ छ । यसअगावै प्रदेश नं ४ मा पर्ने आठवटा स्थानीय तहमा प्रथम चरणमा गत बैशाख ३१ गते निर्वाचन सम्पन्न भइसकेको छ । बाँकी सातवटा स्थानीय तहमा दोस्रो चरणमा असार १४ मा निर्वाचन हुँदैछ ।

विशेषगरी पहिलो चरणमा निर्वाचन नभएको प्रदेश नं ५ अन्तर्गतको नवलपरासीको क्षेत्र विस्तारै निर्वाचनमय बन्दै गएको छ । अब दोस्रो चरणमा निर्वाचन हुने स्थानीय तह सांसदीय क्षेत्रको हिसाबले क्षेत्र नं ४, ५ र ६ मा पर्दछ ।

सरकारले दोस्रो चरणमा स्थानीय तहको निर्वाचन गर्ने ब्यापक तयारी गरिरहँदा नवलपरासीमा ठूला राजनीतिक दल काँग्रेस, एमाले, माओवादी केन्द्र र मधेसी मोर्चाबीच प्रतिस्पर्धा हुने अवस्था छ ।

प्रदेश नं ५ मा पर्ने नवलपरासीका सातवटा स्थानीय तहमा कुल एक लाख ८३ हजार १३ मतदाता संख्या रहेको छ । तीमध्ये ९३ हजार १७७ पुरुष, ९९ हजार ८३१ महिला र पाँचजना तेस्रोलिङ्गी मतदाता रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्