०७ असार २०८३, आइतबार

बेवारिसे अवस्था भेटिएको शिशु पाल्ने अभिभावक खोज्दै प्रशासन

कात्तिक २०, २०७४
बेवारिसे अवस्था भेटिएको शिशु पाल्ने अभिभावक खोज्दै प्रशासन

बर्दिया, २३ जेठ– बर्दिया नगरपालिका–३ बबई खोलास्थित कुस्माघाटको झोलङ्गे पुलमुनि भेटिएकी बेवारिसे शिशुलाई पाल्न चाहनेको खोजी भएको छ ।

गस्तीमा रहेको प्रहरी टोलीले आइतबार राति ८ः३० बजे पुलमुनि राखिएको अवस्थामा जीवित बालिका फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

बानियाभार गाउँ जाने सडकखण्डअन्तर्गत झोलुङ्गे पुलमुनि अलपत्र अवस्थामा फेला पारिएकी शिशुलाई प्रहरीले तत्काल स्थानीय स्वयम्सेविकामार्फत जिल्ला अस्पताल बर्दियामा पुर्याइएको उनले बताए । कसले किन बच्चालाई पुलमुनि राखेको भन्ने बारेमा कुनै जानकारी नआए पनि त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बालिकाको गालामा घाँसलगायत बालुवाले चिथोरिएको अवस्थामा फेला परे उनी स्वस्थ रहेको जिल्ला अस्पताल बर्दियाकी लैगिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी मनोविमर्शकर्ता (स्टाफनर्स) एलिना खड्काले बताइन् ।

आमा सुरक्षा कार्यक्रमको कपडासहित शिशु भेटिएकाले बालिका अस्पतालमै जन्मिएको हुनसक्ने उनको भनाइ छ । बच्चाको प्रकृति हेर्दा जन्मेकै दिन फालिएको हुनसक्छ ।

बच्चाको नाभी समेत नझरेको उनले बताइन् । बालिकालाई अस्पतालले बोतलमार्फत दूधपान गराई रहेको छ । बच्चाको स्वास्थ्य अवस्था खतरा बाहिर रहेको चिकित्सकले जनाएका छन् ।

शिशु स्वस्थ रहेकाले यदी कसैले पाल्ने भए प्रक्रिया पुराएर लैजान सक्ने महिला तथा बालबालिका कार्यालय बर्दियाकी महिला विकास अधिकृत गीराकुमारी बस्नेतले बताइन् ।

‘कसैले बच्चाबच्ची पाल्ने मनसाय बनाएका हुन्छन् यदी कतै त्यस्तो कोही छ भने स्वस्थ बच्चा भएकाले कानुन सम्मतरुपमा लगेर पाल्न सक्नुहुन्छ ,’ उनले भनिन् ।

बेवारिसे बालबालिकालाई सुरक्षित पालनपोषण गर्ने गृह बर्दियामा नभएकाले समस्या रहेको अधिकृत बस्नेतको भनाइ छ । बालिकाको जीवन रक्षाका लागि भएपनि कसैले लगेर सन्तानका रुपमा पालनपोषण गरे ठूलो धर्म हुने उनले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्