×

NMB BANK
NIC ASIA

‘जालो’: सस्पेन्स अब्बल, अभिनय मध्यम

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, २३ जेठ– कुनै पनि चलचित्र उत्कृष्ट बन्नका लागि चलचित्रको छायांकन पक्ष मात्र मुख्य कुरा होइन । तर चलचित्रलाई आकर्षक बनाउनका लागि छायांकारको पनि महत्वपूर्ण भूमिका हुन्छ किनकि चलचित्र श्रव्यदृश्य विधा हो ।

वान शटमा खिचिएको चलचित्र ‘जालो’ नेपाली फिल्म उद्योगमा एक पृथक् प्रयास हो । जुन नेपाली सिनेनगरीमा मात्र होइन, पूरै विश्व बजारमा आफ्नो पहिचान खोज्ने एक दाबेदार सिनेमा हो । नेपाली सिनेमाको सानो बजारमा चलचित्र ‘जालो’ ले आफूलाई फरक रूपमा प्रस्तुत गरेको छ ।

चलचित्रको कथा अब्बल छ । सस्पेन्स थ्रिलर विधाको सिनेमा आकर्षक बन्न पुगेको छ । एकै शटमा खिच्दाका केही प्राविधिक त्रुटिलाई ख्याल नगर्ने हो भने चलचित्र हेर्न रमाइलो लाग्छ । सिनेमा हेरुन्जेल दर्शकलाई कथाले कुनै एउटा घरको समस्यामा अल्झाइरहन्छ, त्यो पनि बडो रोचक ढंगले ।

नेपालका एक धनी व्यापारी भूपेन्द्र (नीर शाह) को मोबाइलमा एकदिन फोन आउँछ । त्यही फोनको कारण उनको पारिवारिक विचलनहरू उजागर हुँदै जान्छन् । उक्त फोनले भूपेन्द्रलाई यति धेरै समस्या ल्याइदिन्छ कि उनी फोन गर्नेलाई पाँचसय करोड दिनका लागि तयार हुन्छन् । मोटामोटी कथावस्तु यही हो । अरू कथा बताउन थाल्दा सस्पेन्स खुस्कने डर छ ।

चलचित्र शुरुवातमा केही अल्छीलाग्दो भएपनि चरित्र विकाससँगै रोमाञ्चक बन्दै जान्छ । एउटा घटनामा अल्झेको सिनेमा पनि कथानककै माध्यमबाट अगाडि बढिरहँदा दर्शकलाई रमाइलो लागिरहन्छ । ‘अब के होला ?’को जिज्ञासाले दर्शकलाई कुत्कुत्याइरहन्छ । सिनेमाको सबल पक्ष भन्नु नै यही हो ।

छायांकार हरि घले लामा बधाईका पात्र हुन् । उनले उक्त चलचित्रको छायांकनलाई सक्दो न्याय गरेका छन् । अगाडिका केही दृश्यमा क्यामेरा हल्लिएपनि पछि भने क्यामेरा हल्लिएको पनि दर्शकले मेसो पाउँदैनन् । लोकेसनलाई गज्जब पाराले उतारिएको छ क्यामेरामा । उनको क्यामेराले सिंगल शटमा घरमात्र भेट्दैन । घरवरिपरिको अन्य स्थानमा पनि खिच्न भ्याएको हुन्छ । समग्रमा उनको काम तारिफयोग्य छ ।

निर्देशक अराज केशबले वान शटको फिल्मलाई झुर बन्न दिएका छैनन् । उनले कथानकलाई ग्रिपिङ बनाएका छन् । सस्पेन्सलाई कथाको अन्तसम्म बलियो गरी बाँधेर राखेका छन् । एकै शटको फिल्ममा उनले गीतसमेत राख्न भ्याएका छन् । क्यामेरासँगै सलल बगिरहेको कथालाई फ्ल्यासब्याकमा पुर्‍याएर आकर्षक बनाएका छन् । जम्बो टोलीलाई सिनेमामा कुशलताका साथ अभिनय गराएका छन् । उनको यो काम प्रशंसनीय छ ।

सिंगल शटमै खिचिएको भनेपछि यसमा केही प्राविधिक त्रुटि हुनु स्वाभाविक हो । बेलाबेलामा क्यामेराको फ्रेम हल्लिँदा दर्शकलाई नमज्जा लाग्छ । धेरै दृश्यहरू एकैठाउँमा दोहोरिएका छन् । यति हुँदाहुँदै पनि सिनेमाको छायांकन पक्ष राम्रो छ । फिल्ममा लाइटिङ इफेक्ट चाहिँ गतिलो छैन ।

प्रायः कलाकारको अभिनय एकनासको छ । मेनुका प्रधानले कथानकमा ट्विस्ट ल्याए पनि कथा चाहिँ नीर शाहको वरिपरि घुमेको छ । कसैको पनि अभिनयमा त्यति धेरै तारिफ गर्ने स्थिति देखिँदैन । तुलनात्मक रूपमा मुना गौचनको अभिनय अलिक खँदिलो छ । अरू कलाकारको अभिनय मध्यम नै छ ।

अर्को समस्या भनेको चलचित्रमा धेरैभन्दा धेरै संवादको प्रयोग गरिएको छ । फिल्ममा मेनुकालाई बाहेक अरू कलाकारलाई सिम्बोलिक पात्रका रूपमा देख्न सकिँदैन । संवादकै भरमा कथानकलाई अगाडि बढाउनुपर्छ भन्ने परम्परागत सिनेमाको ह्याङबाट चलचित्र माथि उठ्न सकेको छैन । केही पात्रहरू विनाकारण फिल्ममा ल्याइएका लाग्छन् ।

चलचित्र ‘जालो’ को कथानकलाई स्थूल बनाएर परम्परागतभन्दा अझै पृथक् बनाउन सकिने ठाउँ धेरै नै भए पनि वान शटमा खिचेको यो सिनेमाले निराश बनाउँदैन । नेपालमा एकनासका सिनेमा बनिरहेको अवस्थामा चलचित्र ‘जालो’ हेर्नुपर्ने कारण यसको छायांकन मात्र होइन, धेरै तत्त्वले चलचित्रलाई आकर्षक बनाएको छ ।

नेपाली चलचित्र हेर्ने दर्शकका लागि यो सिनेमा राम्रो गिफ्ट हुनसक्छ । तर धेरै नै आशा गरेर हल नछिर्नुहोला ।



चलचित्र: जालो
विधा: सस्पेन्स
निर्देशक: अराज केशव
कलाकार: नीर शाह, मेनुका प्रधान, मुना गौचन आदि
रेटिङ: ३ स्टार

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x