३१ जेठ २०८३, आइतबार

मध्यपूर्वको कतार संकट अमेरिकाका लागि टाउकोदुखाइ

कात्तिक २०, २०७४
मध्यपूर्वको कतार संकट अमेरिकाका लागि टाउकोदुखाइ

काठमाडौं, २३ जेठ — अरबको खाडीमा अमेरिकाका निकटतम मित्रहरूका बीच तनाव बढ्दा आतंकवादी संगठन आईएसविरुद्ध लड्न र इरानको प्रभाव घटाउन अमेरिकालाई अप्ठ्यारो पर्ने देखिएको छ । डोनल्ड ट्रम्प प्रशासनका अधिकारीहरूले यो झगडाको तत्कालीन प्रभाव नदेखिने बताएपनि मध्यपूर्वमा यसको दीर्घकालीन असर पुग्ने देखिन्छ ।


ट्रम्पले मध्यपूर्वका खाडी राष्ट्रले इरानलाई रोक्न तथा आईएसलाई हराउनका लागि एकता देखाएको भन्दै उत्सव मनाएको दुई हप्ता पनि बित्न नपाउँदै साउदी अरब, बहराइन र युएईले कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन् । इरानसँग ज्यादा नजिकिएको आरोप लगाउँदै ती देशले कतारलाई एक्ल्याएका हुन् ।

कतारले अमेरिकी सेनालाई अल उदैद एयर बेस प्रयोग गर्न दिइरहेको छ । मध्यपूर्वमा अमेरिकी सेनाको दैनिक हवाई मिसन र सबै हवाई कार्यक्रमको समन्वय यहीँबाट हुने गर्छ ।

कतार लगायतका देशले गल्फ कोअपरेसन काउन्सिल अन्तर्गत रही आईएसविरुद्ध लडाईं गरिरहेका छन् । यस्तोमा तीन देशले कतारसँग काम नगर्ने बताउँदा जटिलता आउन सक्ने देखिन्छ । ट्रम्प प्रशासनले मध्यपूर्वमा इरानलाई चुनौती दिने दीर्घकालीन लक्ष्यलाई पनि यसले निस्तेज पार्न सक्छ ।

‘अल्पकालीन रूपमा त अमेरिकाको रणनीतिक परिस्थितिलाई यसले परिवर्तन गर्दैन,’ अरब गल्फ स्टेट्स इन्स्टिच्युटका वरिष्ठ रेजिडेन्ट फेलो हुसेन इबिशले बताए, ‘तर दीर्घकालीन रूपमा यसले इरानलाई चलखेल गर्ने बाटो खुलाउँछ ।’

सीआईएका पूर्वअधिकारी तथा चारवटा प्रशासनका लागि मध्यपूर्व सल्लाहकार ब्रुस राइडलले यो परिस्थितिले मध्यपूर्वमा इरानसँगको द्वन्द्वको सवालमा अमेरिकी साझेदारहरूका बीचको ठूलो कमजोरी उजागर गरेको बताए ।

‘इरानसँग भिड्ने कुरामा खाडी एकताबद्ध रहेको कुरा झुटो रहेछ,’ राइडलले भने, ‘खाडी एकताबद्ध छैन, मुस्लिम विश्व एकतामा बाँधिएको छैन ।’

सुन्नी अरब र शिया इरानका बीचको खाडलका विषयमा राइडल भन्छन्, ‘शियाहरूविरुद्धको यो जिहाद गलत हो भन्ने धेरै मुसलमानहरूको धारणा छ ।’

सीएनएनबाट

salt training

कमेन्ट गर्नुहोस्