०८ साउन २०८३, शुक्रबार

भारत : जम्मुमा ड्रोन आक्रमणपछि भेटियो क्रुड बम

असार १३, २०७८
भारत : जम्मुमा ड्रोन आक्रमणपछि भेटियो क्रुड बम

भारतको जम्मुमा वायुसेनाको अड्डामा ड्रोन आक्रमणलगत्तै एउटा क्रुड बम पनि फेला परेको जम्मु कश्मीर प्रहरी प्रमुख दिलबाग सिंहले बताएका छन् । 

भारतीय अधिकारीहरूका अनुसार, यो आतंकवादी आक्रमण हो । 

‘ड्रोनमा क्षेप्यास्त्र जडान गरेर जम्मु एयरफील्डमा दुईवटा विस्फोट गराइएको थियो । जम्मु प्रहरीले क्रुड बम पनि फेला पारेको छ । लश्कर–ए–तैयबाको आतंकवादीले यसलाई भीडभाड भएको ठाउँमा राख्न खोजेको थियो,’ सिंहले बताए । 
 

जम्मुस्थित भारतीय वायुसेवाको स्टेसनमा आइतवार सखारै दुईवटा विस्फोट भएका थिए । त्यसमा दुईजना घाइते भएको र एक भवनमा सामान्य क्षति पुगेको बताइएको छ । 

भारतमा पहिलोपटक यसरी ड्रोनमार्फत आक्रमण गरिएको हो । 

‘सिभिल एजेन्सीहरूसँग मिलेर अनुसन्धान गरिरहेका छौं,’ भारतीय वायुसेनाले ट्वीट गरी जानकारी दियो । दुईमध्ये एक बमले स्टेसनको भवनको छतमा सामान्य क्षति गरेको छ भने अर्को बम खुला क्षेत्रमा विस्फोट भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्