
नेपालमा कोरोनाभाइरस (कोभिड- १९)बाट थप ३४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार १ हजार ९ सय २० संक्रमित थपिएका छन् ।
पीसीआर र एन्टीजेन गरी कुल ९ हजार ८ सय ३६ परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
पीसीआरतर्फ १३ सय ५३ र एन्टीजेनतर्फ ५ सय ६७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ३ हजार ७ जना संक्रमणमुक्त भएका छन् ।