०५ असार २०८३, शुक्रबार

ज्येष्ठ नागरिक समाज माकलबारीले गर्‍यो ज्येष्ठ नागरिक तथा बुहारीहरूलाई सम्मान

ज्येष्ठ नागरिक समाज माकलबारीले गर्‍यो ज्येष्ठ नागरिक तथा बुहारीहरूलाई सम्मान

ज्येष्ठ नागरिक समाज माकलबारीले ज्येष्ठ नागरिक तथा बुहारीहरूलाई सम्मान गरेको छ । 

७० वर्ष नाघेका ज्येष्ठ नागरिक र एकल ससुरा वा सासुलाई माया ममताका साथ पालनपोषण गर्ने बुहारीहरूलाई समाजले शनिवार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

ज्येष्ठ नागरिक तथा पारिवारिक कर्तव्य निर्वाहमा अब्बल बुहारीहरूमा उत्साह जगाउन सम्मान कार्यक्रम गरिएको समाजका अध्यक्ष टेकनाथ अधिकारीले बताए । 

समाजको तर्फबाट गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले ज्येष्ठ नागरिक तथा बुहारीहरूलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

सो अवसरमा ३० ज्येष्ठ नागरिक, ८ जना बुहारी र ज्येष्ठ नागरिकलाई सहयोग गर्ने ३ व्यक्तित्वलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा मेयर चालिसेले नगरपालिकाका तर्फबाट ज्येष्ठ नागरिक समाजलाई वाद्ययन्त्र पनि हस्तान्तरण गरेका छन् ।

समाजले संस्कृति संरक्षणको उद्देश्यले आयोजना गर्ने भजन–कीर्तन कार्यक्रमलाई सघाउ पुगोस् भनेर नगरपालिकाले वाद्ययन्त्र उपलब्ध गराएको हो । 

नगरपालिकाले उपलब्ध गराएको वाद्ययन्त्रमा हार्मोनियम, तबला, मादल, खैंजडी लगायत छन् । मेयर चालिसेले समाजका अध्यक्ष अधिकारीलाई ती वाद्ययन्त्र हस्तान्तरण गरेका थिए । 

मेयर चालिसेले ज्येष्ठ नागरिक समाजका लागि कोठा पनि उपलब्ध गराउने वचन दिएका छन् ।

‘नगरपालिकाले ज्येष्ठ नागरिक समाजका लागि उपयुक्त ठाउँमा कोठा उपलब्ध गराउनेछ,’ कार्यक्रममा मेयर चालिसेले भने ।  
 

salt training

कमेन्ट गर्नुहोस्