३१ जेठ २०८३, आइतबार

जीवन विकास लघुवित्तको आईपीओमा १५ लाख २८ हजारले दिए आवेदन

जीवन विकास लघुवित्तको आईपीओमा १५ लाख २८ हजारले दिए आवेदन

जीवन विकास लघुवित्त वित्तीयको आईपीओमा आइतवार साढे ५ बजेसम्म १५ लाख २८ हजार ४११ जनाले आवेदन दिएका छन् ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार उनीहरूले २ करोड ३२ लाख ९२ हजार १३० कित्ता लागि  आवेदन दिएका हुन् ।

कम्पनीले प्रति सेयर १ सय रुपैयाँ अंकितका दरले १९ लाख ७७ हजार ३०० कित्ता सेयर आईपीओ जारी गरेको हो ।

कम्पनीका अनुसार उक्त सेयर कित्तामध्ये ३० हजार ४२० कित्ता (०.५ प्रतिशत) कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । 

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ छिटोमा असार १५ गते र ढिलोमा असार २५ गते बन्द हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्