०४ असार २०८३, बिहीबार

चितुवाको आक्रमणमा एक घाइते, गोली हानेर मारियो चितुवा

चितुवाको आक्रमणमा एक घाइते, गोली हानेर मारियो चितुवा

चितुवाको आक्रमणमा परेर स्याङ्जाको् गल्याङ नगरपालिका–७ का ३८ वर्षीय लालबहादुर विक घाइते भएका छन् ।
 
स्थानीय खड्कबहादुर गाहाको बंगुरको खोरमा पसेको चितुवाले बंगुरका तीन वटा पाठापाठी मार्नाका साथै मानिसलाई समेत घाइते बनाएपछि वन कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिको रोहवरमा चितुवालाई गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तर सो चितुवाको मृत्यु भएको छ ।

 बंगुरको खोरमा पसेको चितुवाले मान्छेलाई समेत आक्रमण गर्न थालेपछि थप क्षति नहोस् भनेर चितुवालाई गोली हानिएको प्रहरीको भनाइ छ ।
घाइते विक गल्याङ नगर अस्पतालमा उपचारपछि घर फर्किएको र गोली लागेर मृत्यु भएको चितुवालाई वन कार्यालयका कर्मचारीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्