
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ ।
राजधानी काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सोमवार बसेको बैठकले निषेधाज्ञा लम्ब्याएको हो ।
भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने समेत तयारी भएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले निषेधाज्ञा एक हप्ता लम्ब्याउने निर्णय भएको जानकारी दिए ।
यसअघि थपिएको निषेधाज्ञा आज रातिदेखि सकिँदै थियो ।
सीडीओहरूको बैठकमा उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा समेत छलफल भइरहेको छ ।
निजी सवारी जस्तै सार्वजनिक यातायातमा पनि जोर बिजोर लागू गर्नेबारे निर्णय हुन सक्ने स्रोतले बतायो ।
कोरोना संक्रमण बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो ।
संक्रमण दर घट्दै गएपछि निषेधाज्ञा खुकुलो गर्न लागिएको हो ।