१० असार २०८३, बुधबार

सोमालियामा इस्लामिक समूह अल शबाबले गरेको आक्रमणमा परी ३० जनाको मृत्यु

असार १४, २०७८
सोमालियामा इस्लामिक समूह अल शबाबले गरेको आक्रमणमा परी ३० जनाको मृत्यु

अफ्रिकी मुलुक सोमालियाको गलमुदुगमा इस्लामिक समूह अल शबाबले आइतवार गरेको आक्रमणमा परी ३० जनाको मृत्यु भएको एक सुरक्षा अधिकारीले जानकारी दिएका छन् । 
 

आतंकवादीहरूले उक्त शहरमा रहेको सैन्य अड्डामा कार बम आक्रमण गरेका हुन् । त्यसपछि सरकारी सेना र सशस्त्र स्थानीयहरूबीच भिडन्त भएको सैन्य अधिकृत मेजर मोहम्मद अवालेले बताए । 

उनीहरूले अड्डामा दुईवटा कार बम प्रहार गरे अनि त्यसपछि एक घन्टाभन्दा बढी समयसम्म कडा भिडन्त भयो,’ उनले बताए । 

‘कार बमका कारण सैन्य वाहनहरूमा क्षति पुगेको छ । स्थानीयहरूसँग राम्रो हातहतियार थियो र उनीहरूले सैन्य अड्डालाई सुदृढ बनाए अनि अब शबाबलाई भगाए ।’

भिडन्तमा १७ सैनिक र १३ नागरिकको मृत्यु भएको अवालेको भनाइ छ । 
 

अलकायदा आतंकवादी समूहसँग जोडिएको अब शबाबले विगत एक दशकदेखि सोमालियामा लडाइँ चर्काइरहेको छ । त्यहाँको सरकारलाई अपदस्थ गरेर उसले शरिया कानूनमार्फत आफैं शासन चलाउन खोजिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्