०८ असार २०८३, सोमबार

महान्यायाधिवक्ताको जवाफ : रातारात परिस्थिति परिवर्तन भएर प्रधानमन्त्री ७६(५) मा जानुभयो

महान्यायाधिवक्ताको जवाफ : रातारात परिस्थिति परिवर्तन भएर प्रधानमन्त्री ७६(५) मा जानुभयो

सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि सुनुवाइका क्रममा महान्यायाधिवक्ता रमेश वडालले नेपालको संविधानको धारा ७६(४) अनुसार विश्वासको मत प्राप्त हुने अवस्था नभए पनि रातारात परिस्थिति परिवर्तन भएर प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६(५) अनुसार दाबी पेश गरेका जवाफ दिएका छन् ।

रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षका अधिवक्ताले उपधारा (३) बमोजिमको प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि (५) मा दाबी गर्न नपाइने तर्क गरेपछि महान्यायाधिवक्ता वडालले परिस्थिति रातारात परिवर्तन हुनसक्ने जवाफ दिए ।

‘उपधारा ७६(४) अनुसार विश्वासको मत नपाए पनि (५) मा दाबी पेश गर्न मिल्छ । रातारात परिस्थिति परिवर्तन हुन्छ, परिस्थिति परिवर्तन भएपछि उहाँ (५) मा जानुभयो,’ उनले भने ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिँदा विपक्षमा समेत बहुमत नपुगेकाले अहिले बहुमतको दाबी कसरी गरियो भनेर प्रश्न गरेका छन् । राजनीतिक परिस्थिति रातारात परिवर्तन हुनसक्ने भएकाले जुनसुकै ठाउँमा पनि बहुमत पुग्नसक्ने उनले जवाफ दिए ।

salt training

कमेन्ट गर्नुहोस्