०९ असार २०८३, मंगलबार

बंगलादेशका सेना प्रमुखद्वारा नेपाल भ्रमण

कात्तिक २०, २०७४
  बंगलादेशका सेना प्रमुखद्वारा नेपाल भ्रमण

काठमाडौं, २३ जेठ — नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा बंगलादेशका सेनाप्रमुख जनरल अबु बेलाल मुहम्मद शफिउल हक पाँचदिने औपचारिक भ्रमणको सिलसिलामा मंगलवार काठमाडौं आएका छन् ।


सेनाप्रमुख हकलाई उपरथी पूर्ण बहादुर सिलवालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री, रक्षामन्त्री तथा प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग छुट्टा–छुट्टै भेट्ने कार्यक्रम रहेको छ ।

भ्रमणको दौरान उनले नेपाली सेनाको पोखरास्थित पश्चिम पृतना हेडक्वार्टर तथा विभिन्न शिक्षण संस्थाहरूको निरीक्षण भ्रमण गर्नुको साथै नेपालको केही महत्त्वपूर्ण पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर हुन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्