०२ साउन २०८३, शनिबार
सर्वोच्चमा भएको बहसमा प्रधानमन्त्री ओलीको चासो

‘प्रचण्डका कार्यकर्ताले हिंसालाई दुरुत्साहन गर्ने वक्तव्य दिँदा न्यायमूर्तिबाट रोक्ने काम भएन’

‘प्रचण्डका कार्यकर्ताले हिंसालाई दुरुत्साहन गर्ने वक्तव्य दिँदा न्यायमूर्तिबाट रोक्ने काम भएन’
फाइल फोटो

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा भइरहेको बहसमा हिंसालाई दुरुत्साहन गर्ने वक्तव्य दिँदा पनि न्यायाधीशहरूले नरोकेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले आश्चर्य व्यक्त गरेका छन् ।

अधिवक्ताको नामै नलिई ओलीले सर्वोच्चमा प्रचण्डका कार्यकर्ताले हिंसालाई दुरुत्साहन गर्ने अभिव्यक्ति दिएको आरोप लगाएका हुन् ।

मदन भण्डारी फाउन्डेसनले सोमवार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा ओलीले प्रचण्डपथ सर्वोच्च अदालतमा समेत चर्चा हुन थालेको बताए । 

‘प्रचण्डपथ यति व्याप्त भइसक्यो । नेपाली कांग्रेसले अंगालेपछि त्यसलाई आफ्नो मार्गदर्शक सिद्धान्त कांग्रेसले बनाएपछि अहिले प्रचण्डपथ सुप्रिम कोर्टमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरू किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दा रहेछन् र पो काटिँदा रहेछन् । अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ । यो कुरा त सर्वोच्च अदालतमा प्रचण्डका एक जना कार्यकर्ताले त सर्वोच्च अदालतमा नै भने । नेपाली कांग्रेसका कार्यकर्ताले नाथुराम गोड्से मै बन्छु अर्को ठाउँमा भने,’ ओलीले भने । 

पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले सर्वोच्च अदालतमा बहसका क्रममा बेलायत र फ्रान्सको उदाहरण पेश गरेका थिए । ओलीले सर्वोच्च अदालतभित्रै हिंसालाई दुरुत्साहन गर्ने काम भइरहँदा पनि न्यायाधीशहरूले नरोकेकोमा गुनासो गरे । 

‘आश्चर्य लाग्छ सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन । यस्तो हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नुहुन्न अथवा विद्वान अधिवक्ताज्यूहरू तपाईंहरूले आफ्नो वक्तव्य सम्हालेर राख्नुहोस् भनेर के न्यायमूर्तिहरूले त्यो सुझाव पनि राख्न सक्नुहुँदैन र ?’ ओलीले भने । 

स्वतन्त्र न्यायालयको फैसला आफ्नो पक्षमा पार्न विपक्षी दलले कोरोनाको समयमा पनि आन्दोलन गर्न लागेको भन्दै असन्तुष्टि व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्