सामाजिक सञ्जाल वेबसाइट ट्विटरले भारतको नक्सामा छेडछाड गर्दै जम्मु कश्मीर र लद्दाखलाई बेग्लै मुलुकका रूपमा देखाएपछि भारतीयहरू आक्रोशित बनेका छन् ।
उक्त नक्सा ट्विटरको करीयर सेक्सनमा राखिएको छ र त्यसमा जम्मु कश्मीर तथा लद्दाख देशबाट छुट्ट्याएर राखिएको छ ।
ट्विटरले यसअघि पनि भारतको नक्सा बिगारेर देखाएको थियो । पोहोर साल ट्विटरले लद्दाखको राजधानी लेहको भूअवस्थिति चीनमा देखाएपछि भारत सरकारले ट्विटरका सीईओलाई यसमा कडा विमति जनाउँदै पत्र काटेको थियो ।
भारतको सार्वभौमसत्ता र अखण्डतालाई अपमान गर्ने कुनै पनि प्रयास अस्वीकार्य भएको सरकारले बताएको थियो ।