०२ साउन २०८३, शनिबार

भारतमा नभई यूएईमा हुने भयो टी२० विश्वकप

असार १४, २०७८
भारतमा नभई यूएईमा हुने भयो टी२० विश्वकप

यस वर्ष हुने टी२० क्रिकेट विश्वकप यूएईमा आयोजना गरिने भएको छ । 

भारतको क्रिकेट बोर्ड बीसीसीआईले सोमवार यसको घोषणा गरेको छ । 

बोर्ड सचिव जय शाहले बताए, ‘हामीले सबै पक्षमा विचार गरेर विश्वकप भारतबाट यूएई सार्ने निर्णय लिएका छौं । आईसीसीलाई आजै यस विषयमा सूचना दिइनेछ ।’

विश्वकपका बारेमा फैसला लिने अन्तिम दिन सोमवार नै थियो । 

विश्वकपका म्याचहरूको मिति आईसीसीले निश्चित गर्छ । अक्टोबरको अन्तिमतिर टी२० विश्वकप शुरू गरिने सम्भावना छ । 

आईपीएल–२०२१ मा कोरोना महामारीका कारण २९ वटा खेल खेलेर बीचैमा स्थगित गर्नुपरेको थियो । अब दोस्रो चरणमा बाँकी खेलहरू यूएईमा खेलिनेछ । त्यसको आरम्भ सेप्टेम्बर १९ बाट गरिने सम्भावना छ । 

त्यो सकिएपछि विश्वकप आयोजना गरिनेछ । 

भारतीय क्रिकेट बोर्डका अधिकारीहरूले कन्फरेन्स कलमा कुराकानी गरेपछि विश्वकप यूएईमा सार्ने निर्णय लिइएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्