१२ साउन २०८३, मंगलबार

सुजाताको निवासमा रामचन्द्र पौडेल र कृष्ण सिटौलासहितको 'लञ्च मीटिङ'

सुजाताको निवासमा रामचन्द्र पौडेल र कृष्ण सिटौलासहितको 'लञ्च मीटिङ'

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिमा दाबी गरिरहेका तीन नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र सुजाता कोइरालाबीच सोमवार छलफल भएको छ ।

मण्डिखाटारस्थित कोइरालाको निवासमा तीन नेताको छलफल भएको हो । १४ औं महाधिवेशनको तयारीको विषयमा छलफल भएको स्रोतले बतायो । 

गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रिया शुरू गर्दाका सहयात्री भएकाले तीनजना मिलेर जान सुजाताले प्रस्ताव गरेकी थिइन् । पौडेलले भने देउवाइतरबाट आफू सभापतिको उम्मेदवार बन्ने भन्दै सघाउन आग्रह गरेका थिए । 

शुक्रवार मात्र पौडेलले आफूपक्षीय भेला गरेर सभापतिमा उठ्ने बताएका थिए । १३ औं महाधिवेशनमा टीम बनाएर पहिलो चरणमा सभापतिमा उठेका सिटौलाले सभापतिमा उठ्ने दाबी गरेका छन् । सुजाताले पनि आफू सभापतिको उम्मेदवार भन्दै मुख खोलेकी छिन् ।

‘कांग्रेसको १४ औं महाधिवेशनको तयारीबारे’ भन्दै सुजाताले पौडेल र सिटौला सहितको तस्वीर सार्वजनिक गरेकी छिन् ।

सोमवारको भेटमा सुजाताले आफू पनि कांग्रेसको नेतृत्व लिन सभापतिमा उठ्ने दाबी गरेकी स्रोतले बतायो । 

यसअघि कोइराला परिवारबाट एकमात्र उम्मेदवारी पर्ने उनले बताउँदै आएकी थिइन् । 

कोइराला परिवारबाट डा. शेखर कोइरालाले उम्मेदवारी दिने पक्का जस्तै भएको छ ।

महामन्त्री डा. शशांक कोइरालाले पनि विमलेन्द्र निधि र प्रकाशमान सिंहसँग छलफल चलाइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्