
फोन पे पेमेन्ट सर्विस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर सार्वजनिक गरेको छ ।
जसमा ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सयसम्मको रिवार्ड प्वाइन्ट जित्न सकिने कम्पनीले जनाएको छ ।
साथै दैनिक सबैभन्दा बढि रिफर गर्नेले एक हजार रूपैयाँ प्राप्त गर्न सकिनेछ । यस योजनामा २०७८ आषाढ ३१ गतेसम्म सबैभन्दा बढि रिफर गर्नेले रू १० हजार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यस योजनाको बम्पर उपहारमा तीनजनाभन्दा बढिलाई रिफर गर्नेमध्येबाट गोला प्रथामार्फत रू १ लाखजित्न सकिनेछ । अफर एपबाट रिफर गर्नका लागि ‘फोनपे अफर एप’ डाउनलोड गर्नुपर्नेछ । यो एप डाउनलोड गरि लगइनगर्नेहरू मध्ये एक जनाले आइफोन १२ जित्न सकिन्छ ।
फोनपे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरि विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक एक हजार र साप्ताहिक रूपमा २ हजार रूपैयाँजित्न सकिनेछ ।
फोनपे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटहरूबारे जानकारी पाउन सकिन्छ । फोनपे अफर एपमा भुक्तानी गर्दा पाएको रिवार्ड प्वाइन्टबाट विभिन्न सामान हरू पनि किन्न सकिने कम्पनीले जनाएको छ । ।