२० असार २०८३, शनिबार

संसदमा प्रचण्डको खुलासाः बाबुरामले मतपत्र जलाउन निर्देशन दिएका थिए !

कात्तिक २०, २०७४
संसदमा प्रचण्डको खुलासाः बाबुरामले मतपत्र जलाउन निर्देशन दिएका थिए !

काठमाडौं २३ जेठ– २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा अनपेक्षित परिणाम आएपछि तत्कालिन एकीकृत माओवादीका उपाध्यक्ष रहेका डा. बाबुराम भट्टराइले मतपत्र च्यात्न र जलाउन निर्देशन दिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा खुलासा गरेका छन् ।

व्यबस्थापिका संसदको मंगलवारको बैठककलाई सम्वोधन गर्ने क्रममा प्रचण्डले बाबुरामको नामै नलिइ उनले मतपत्र जलाउन निर्देशन दिएको खुलासा गरेका हुन् ।

‘अहिले हाम्रो पार्टीमा नरहेका बरिष्ठ नेताले चुनावमा पराजय हुने देखेपछि राती २ बजे देशभर मतपत्र र जलाउन निर्देशन दिनुभयो । त्यो गल्ती हुन्छ भनेर मैले राती तीन बजे त्यसो गर्नु उचित हुदैन भनेर रोक्न निर्देशन दिएँ,’ प्रचण्डले भने । मोहन बैद्य अलग भएपछि दोस्रो संविधान सभा निर्वाचनमा बाबुराम माओवादीका दोस्रो वरियताका नेता थिए ।

‘मतपत्र जलाउदा शान्ति प्रक्रिया (सम्झौता) प्रतिको निष्ठामा गग्भीर प्रश्न उठछ भनेर राती तीन बजे मत्रपत्र च्यात्ने तर्फ लाग्ने होइन भनेर हस्तक्षेप गरे’ भरतपुरमा माओवादीले मतपत्र च्यातेको भन्ने प्रतिपक्षी दलका नेता केपी ओलीले संसदमा उठाएका सवालको जवाफ दिने क्रममा प्रचण्डले भने, ‘मतदान केन्द्र छाडेर निश्कन मिल्छ भनेर गरेको ऐतिहासिक पल गरेको सदनमा भन्न चाहे ।’

संविधान सभाको दोस्रो निर्वाचनका बेला नेपाली सेनाले मतपत्र साटेको भनेर बाबुराम भट्टराइले प्रतिक्रिया दिएका थिए । सेनाले मतपेटिका साटेको भन्दै माओवादीले कतिपय स्थानमा आन्दोलन समेत गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्