सामाजिक सुरक्षा कोषले ८ प्रतिशत प्रतिफल दिने

सामाजिक सुरक्षा कोषले ८ प्रतिशत प्रतिफल दिने

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल दिने भएको छ ।


Advertisement

कोषले आर्थिक वर्ष २०७६/०७७ भित्र सूचीकृत योगदानकर्तालाई वृद्धावस्था सुरक्षा योजना अन्तर्गतको संकलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल योगदानकर्तालाई दिन लागेको हो ।


Advertisement

सो अवधिमा ३ करोड ८० लाख १५ हजार ६९८ रुपैयाँ ८० पैसा वितरण योग्य रहेको कोषले जनाएको छ । वृद्धावस्था सुरक्षा योजनामा संकलित रकमको लगानीबाट आएको ब्याजबाट योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल वितरण गर्ने सकिने अवस्था देखिएको कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिए ।

कोषले प्रतिफल बराबरको रकम सम्बन्धित योगदानकर्ताको खातामा जम्मा गर्ने जनाएको छ । कोषले २०७६ साउनदेखि योगदान रकम संकलन गर्न थालेको थियो ।


Advertisement

कोषमा हालसम्म १४ हजार ५८० रोजगारदाता २ लाख ५१ हजार २९२ योगदानकर्ता सूचीकृत छन् । कोषमा ६ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ योगदान रकम संकलन भएको छ ।

कोषले विभिन्न योजनाअन्तर्गत योगदानकर्तालाई ६ करोड ९७ लाख गरी कूल ११ करोड ६२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कमेन्ट गर्नुहोस्