३१ जेठ २०८३, आइतबार

गण्डकी प्रदेश मुख्य न्यायाधिवक्तामा बाँस्तोला

गण्डकी प्रदेश मुख्य न्यायाधिवक्तामा बाँस्तोला

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिशमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । 

पोखराका बाँस्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील छन् । उच्च अदालत बार एशोसिएशन पोखराका पूर्वअध्यक्ष  बाँस्तोला  डेमोक्रयाटिक लयर्स एसोसिएसन कास्कीका पूर्वअध्यक्ष हुन् ।  मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानूनी सल्लाहकार हो । 

salt training

कमेन्ट गर्नुहोस्