०९ असार २०८३, मंगलबार

भोलिदेखी मनसुन सक्रिय हुने, आज पनि केही ठाउँमा भारी वर्षा

भोलिदेखी मनसुन सक्रिय हुने, आज पनि केही ठाउँमा भारी वर्षा

आज मुलुकका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा भइरहेको छ ।

पछिल्लो ३ घण्टामा तनहुँ स्थित बिमलनगर बर्षामापन केन्द्रमा भारी बर्षामापन भएको  बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

मर्स्याङ्दी बिमलनगरको जलमापन केन्द्रमा जलसतह बढेको समेत महाशाखाले जनाएको छ ।

महाशाखाले सो क्षेत्रका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ  ।

आगामी बुधबारबाट  मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले  मनसुन सक्रिय हुने मौसम विभागले जनाएको छ ।

भई देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा  भारी /धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने विभागको भनाई छ । विभागले यस्ता क्षेत्रमा सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्