०४ असार २०८३, बिहीबार

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ  भने दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा पनि रहेको छ । जुन रेखा बुधबारदेखि नेपालको तराई नजिक हुने महाशाखाको भनाइ छ ।
महाशाखाले मंगलबार  देशभर सामान्य देखि पूर्ण बदली रहने जनाएको छ भने धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  यस्तै प्रदेश नं १, गण्डकी प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ  ।

यसैगरी राखि पनि  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

salt training

कमेन्ट गर्नुहोस्