
पाल बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ ।
यस सुविधा अन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतम सीमा रु.२० हजारदेखि अधिकतम सीमा रु.५ लाख कायम गरिएको छ ।
भीजा इन्टरनेसनलसँगको आवद्धतामा सञ्चालनमा ल्याइएको क्रेडिट कार्ड सेवाको प्रयोगबाट पीओएस टर्मिनल, एटीएम टर्मिनल तथा अनलाइन प्रणाली मार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा प्रयोग गर्न सकिनेछ ।
स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म यस बैंक तथा भीजा इन्टरनेसनलमा आवद्ध बैंकहरुको एटीएम टर्मिनलबाट नगद भुक्तानी समेत लिन सकिनेछ । यो कार्डको प्रयोग नेपाल लगायत भारत र भुटान समेतमा प्रयोग गर्न सकिने भएबाट यसको उपयोगले लक्षित वर्गको भुक्तानी प्रणालीमा सहजता पुर्याउने हुने विश्वास गरिएको छ ।
भर्चुअल विधिबाट गरिएको कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीले यस बैंकका ग्राहक निर्मल प्रधानलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै क्रेडिट कार्ड सेवाको शुभारम्भ गरे ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मरासिनीले क्रेडिट कार्ड सेवाको प्रारम्भले डिजिटल प्रविधि मार्फत बैंकको ग्राहक सेवामा नेपाल बैंक थप एक कदम अगाडी आउन सफल भएकोमा खुशी व्यक्त गर्दै यो सेवा प्रारम्भका लागि बैंक व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद तथा बधाई दिए ।