१२ असार २०८३, शुक्रबार

असार पन्ध्र (कविता)

असार १५, २०७८
असार पन्ध्र (कविता)

के.पी. पाण्डेय

                           

                                            

असार पन्ध्र पर्व हो हाम्रो रोपाइँ गरने,

धानका धान भकारी भरी जीवन जिउने ।

जोतेर हलो खेलेर पाङ्गो रोपाइँ गर्दछौं ,

असार पन्ध्र दिवस हाम्रो राष्ट्रको भन्दछौ । 

रोपारा रोप्ने हलीले जोत्ने सुन्दर रोपाइँ,

दहि र चिउरा सबैले खाने रमाई रमाई ।

किसान हामी नेपाली जन माटोमा खेल्दछौ,

अर्म र पर्म मिलेर गरि थकान भुल्दछौ ।

मनाउ साथी असार पन्ध्र रोपाइँ गरेर 

सकेनौं भने रोपाइँ गर्न मनाउ हेरेर ।

               भक्तपुर 

salt training

कमेन्ट गर्नुहोस्