०९ साउन २०८३, शनिबार

प्रकाशमानको घरमा विमलेन्द्र र शशांक कोइरालासहितको लञ्च मीटिङ

प्रकाशमानको घरमा विमलेन्द्र र शशांक कोइरालासहितको लञ्च मीटिङ

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता हुँदैछ । 

नेता सिंहको निवास चाक्सिबारीमा मंगलवार लञ्च मीटिङसहित भेटवार्ता हुन लागेको शशांकका पीए भरत तिवारीले लोकान्तरलाई जानकारी दिए ।

यसअघि असार ८ गते निधिको निवास बानेश्वर र ११ गते शशांकको निवासमा छलफल भएको थियो । 

कांग्रेस महाधिवेशनमा सभापतिमा दाबी गरेका यी तीन नेताले आफूहरूमा सहमति गर्ने दाबी गर्दै आएका छन् ।

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गते काठमाडौंमा हुँदैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्