०७ असार २०८३, आइतबार

सासबाट कोभिड पत्ता लाग्ने मास्क बनाए वैज्ञानिकहरूले (भिडियो)

असार १५, २०७८
सासबाट कोभिड पत्ता लाग्ने मास्क बनाए वैज्ञानिकहरूले (भिडियो)

वैज्ञानिकहरूले व्यक्तिको सासको परीक्षण गरेर कोभिड छ कि छैन भन्ने पत्ता लगाउने एक फेस मास्क बनाएका छन् । 

अमेरिकाको हार्वर्ड विश्वविद्यालय र मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले इबोला र जिका भाइरस पत्ता लगाउन वर्षौंदेखि यस प्रविधिमा काम गरिरहेका थिए । त्यसैलाई उनीहरूले कोभिड पत्ता लगाउने मास्क बनाए । 
 

मास्कभित्र रहेका कतिपय तत्त्वलाई एीकटभेट गर्दा कोरोनाभाइरस पार्टिकलहरू पत्ता लाग्छन् । 

भाइरस संक्रमित भएको हो कि हैन भन्ने कुरा ९० मिनेटमा थाहा हुन्छ । 

यही प्रविधि प्रयोगशालामा लगाइने कोट तथा अन्य वस्त्रहरूमा पनि राख्न सकिने विश्वास अनुसन्धाताहरूले गरेका छन् । चिकित्सकहरू भाइरस संक्रमित भए नभएको पत्ता लगाउन यसबाट सहज हुनेछ । 

मास्कमा फ्रीजमा सुकाइएको कोशिकारहित प्रविधि उपयोग गरिएको छ । त्यसमा पानी पनि राखिएको छ र एउटा बटन थिचेर त्यो पानी बाहिर निस्कन्छ । 

पानी र फ्रीजमा सुकाइएको प्रविधिबीच अन्तर्क्रिया हुँदा उत्पन्न हुने रासायनिक प्रतिक्रियाले मास्कभित्र कोभिड पार्टिकल छ कि छैन भन्ने कुरा पत्ता लगाइदिन्छ । 

मापदण्ड अनुसारको स्वास्थ्य परीक्षणकै जस्तो सही परिणाम मास्कले पनि दिनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्