०३ असार २०८३, बुधबार

प्रकाशमानको घरमा विमलेन्द्र र शशांकको ‘लञ्च मिटिङ’

प्रकाशमानको घरमा विमलेन्द्र र शशांकको ‘लञ्च मिटिङ’

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका आकांक्षी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता शुरू भएको छ ।

नेता सिंहको निवास चाक्सिवारीमा मंगलवार ‘लञ्च मिटिङ’ सहित भेटवार्ता शुरू भएको शशांकका स्वकीय सचिव भरत तिवारीले लोकान्तरलाई जानकारी दिए ।

यसअघि असार ८ गते निधिको निवास बानेश्वर र ११ गते शशांकको निवासमा तीनै नेताबीच छलफल भएको थियो । 

कांग्रेस महाधिवेशनमा सभापतिमा दाबी गरेका यी ३ नेताले आफूमा सहमति गर्ने दाबी गर्दै आएका छन् । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्