२५ असार २०८३, बिहीबार

कोभिड ठीक भएकाहरूमा देखियो साइटोमीगलोभाइरस

असार १५, २०७८
कोभिड ठीक भएकाहरूमा देखियो साइटोमीगलोभाइरस

भारतको राजधानी दिल्लीमा कोभिडबाट निको भएका केही रोगीहरूमा साइटोमीगलोभाइरस देखिएको छ । 

यस्ता पाँचवटा केसहरूको रिपोर्ट सार्वजनिक भएको छ । 

सर गंगाराम अस्पतालका प्राध्यापक अनिल अरोडाका अनुसार, ती रोगीहरू पेट दुखेको अनि दिसामा रगत आएको गुनासो गरिरहेका थिए । 

कमजोर रोगप्रतिरोधक क्षमता भएका व्यक्तिलाई यो भाइरस लाग्न सक्छ । यसले आँखा, फोक्सो, कलेजो, खाद्यनली, पेट, आन्द्रा र मस्तिष्कमा असर पार्ने गरेको देखिएको छ । 

यो भाइरस लागेपछि देखिने सामान्य लक्षणमा थकान, ज्वरो, घाँटी दुख्ने समस्या तथा मांसपेशीमा पीडा हुन् । दिसामा रगत देखिने समस्या पनि हुन्छ । 


 

salt training

कमेन्ट गर्नुहोस्