०६ असार २०८३, शनिबार

धान दिवस : जन्मस्थान पुगेर राष्ट्रिय सभा अध्यक्षले जोते खेत

धान दिवस : जन्मस्थान पुगेर राष्ट्रिय सभा अध्यक्षले जोते खेत

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धान दिवसको अवसरमा गृहजिल्ला पर्वत पुगेर हलो जोतेका छन् ।

पर्वतको मोदी गाउँपालिका- ७, राम्जास्थित जन्मस्थनमा पुगेर अध्यक्ष तिमिल्सिनाले खेत जोत्ने तथा साउने काम गरेका हुन् ।

उनको साथमा इजरायलका राजदूत हनान गोडर पनि पर्वत पुगेका छन् ।

'अठारौं राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाज्यू र नेपालका लागि इजरायलका महामहिम राजदूत हनान गोडर पर्वतको मोदी गाउँपालिका- ७, राम्जा पुगेर धान रोपाइँ कार्यक्रममा सहभागी हुनुहुँदै। राम्जा सम्माननीय अध्यक्षज्यूको जन्मस्थान  हो । मिति : २०७८ असार १५ गते,' तिमिल्सिनाको सचिवालयले फेसबूकमा लेखेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्