१० साउन २०८३, आइतबार

फरहान अख्तरको चलचित्र ‘तुफान’को ट्रेलर सार्वजनिक हुँदै

फरहान अख्तरको चलचित्र ‘तुफान’को ट्रेलर सार्वजनिक हुँदै

बलिउड अभिनेता फरहान अख्तरको बहुप्रतिक्षित चलचित्र ‘तुफान’को ट्रेलर बुधवार रिलिज हुँदैछ ।

फरहानले सामाजिक सञ्जाल इन्स्टाग्राममा चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै ट्रेलर रिलिज मिति घोषणा गरेका हुन् । 

पहिलो पोस्टरमा फरहान र मृणाल ठाकुरले रोमान्स गरेको देख्न सकिन्छ । यो पोस्टरको क्याप्सनमा फरहानले लेखेका छन्, ‘जिन्दगीले तपाईंलाई तबसम्म फुटाउन सक्दैन, जबसम्म प्रेमले तपाईंलाई जोडिराखेको हुन्छ । ३० जुनमा ट्रेलर बाहिरिँदै छ ।’ त्यहीँ दोस्रो पोस्टरमा फरहान र परेश रावल देखिएका छन् । 

अभिनेता तथा निर्मातासमेत रहेका फरहानले यसअघि चलचित्रको रिलिज मिति पनि घोषणा गरेका थिए । राकेश ओमप्रकाश मेहराद्वारा निर्देशित यो चलचित्र अमेजन प्राइम भिडियोमा १६ जुलाईमा रिलिज हुनेछ । 

फरहानले यो चलचित्रमा एउटा ‘स्ट्रिट बक्सर’को भूमिका निभाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्