१० साउन २०८३, आइतबार

नायब महान्यायाधिवक्ताको तर्क– ‘कोरोनाका बेलामा पनि चुनाव सम्भव छ’

नायब महान्यायाधिवक्ताको तर्क– ‘कोरोनाका बेलामा पनि चुनाव सम्भव छ’

नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले कोभिड– १९ महामारीका बेलामा पनि चुनाव गर्न सकिने जिकिर गरेका छन् ।

प्रतिनिधि सभा विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेको रिटको विपक्षमा बहस गर्दै पाण्डेयले भारत, पोल्याण्ड, जर्मनीलगायतका देशमा चुनाव सम्पन्न भएको उदाहरण पेश गरे ।

‘स्वास्थ्यका मापदण्ड अपनाएर चुनाव गर्न सकिन्छ, गर्न नै नसकिने भन्ने होइन,’ पाण्डेयले भने, ‘कतिपय स्थानमा जनप्रतिनिधि रिक्त भएका छन्, त्यहाँ यसै पनि चुनाव गर्नुपर्ने छ । स्थानीय चुनाव पनि गर्नुपर्ने अवस्था छ ।’

उनले आगामी भदौमा कांग्रेसले महाधिवेशन गर्न लागेको भन्दै कांग्रेसको महाधिवेशन सम्भव हुने, चुनाव नहुने भन्ने तर्क गलत रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्