०७ असार २०८३, आइतबार

४७ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ६ अर्बमा सिमित

४७ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ६ अर्बमा सिमित

आइतवार र सोमवार निरन्तर बढेको शेयर बजारमा मंगलवार भने ठूलो गिरावट आएको छ । 

यस दिन नेप्से परिसूचक ४७.४९ अंकले घट्दै २८२८.०० विन्दुमा झरेको छ । 

यस दिन २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँ बराबरमा कारोबार भएको छ ।

यस दिन बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नन लाइफ इन्स्योरेन्स, म्यानुफ्याक्चर एण्ड प्रोडक्ट लगायतका समूहको सूचक ऋणात्मक बनेको छ । 
 

कमेन्ट गर्नुहोस्